Logo
Logo

टिचिङ अस्पतालमा रसुवा बाढीका १९ घाइते उपचाररत, ५६ जना डिस्चार्ज (नामसहित)


315
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर त्रिवि शिक्षण अस्पताल ल्याइएका ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सोमबार बेलुकीसम्म ५६ जना डिस्चार्ज भएका हुन् ।

उपचारका लागि ल्याइएका ८१ जना मध्ये अहिले एकको डिस्चार्जको तयारी अवस्थामा राखिएको छ । त्यस्तै, हाल १९ जना घाइते उपचाररत छन् । एकको मृत्यु भइसकेको छ ।

बाढीमा परी गम्भीर घाइते भएका केही बिरामीलाई उपचारपछि अवस्था सुधारिएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालमा अझै उपचाररत घाइतेको अवस्था हेरेर थप उपचार तथा निगरानी भइरहेको छ । घाइतेहरूलाई अर्थोपेडिक, न्युरोसर्जरी, आईसीयू, एचडीयू र प्लास्टिक सर्जरीलगायतका विभागमा उपचार गरिएको अस्पतालको जनाएको छ ।

अस्पतालको तथ्यांकमा पछिल्लो पटक थपिएका बिरामीमा ६३ वर्षीया चण्डिका श्रेष्ठ, ६५ वर्षीय कृष्ण श्रेष्ठ र ६१ वर्षीया सनम पाल्मो छन् । चण्डिका श्रेष्ठ आईसीयू–ए४ मा उपचाररत छन् भने कृष्ण श्रेष्ठ डिस्चार्ज भइसकेका छन् । सनम पाल्मोको इमर्जेन्सी कक्षमा उपचार भइरहेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्