Logo
Logo

लक्ष्मी राजवंशी मृत्यु प्रकरण : जापानमा ३ नेपाली पक्राउ


819
Shares

काठमाडौं । जापानको फुकुओ सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली पक्राउ परेका छन् । जापान टुडेका अनुसार फुकुओका प्रहरीले मंगलबार सञ्जु तामाङ, अस्मिता तामाङ र प्रवीन लामालाई पक्राउ गरेको हो । उनीहरूमाथि २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मीको हत्या गरेको आशंका गरिएको छ ।

प्रहरीका अनुसार फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको एक नदीमा गत अगस्टमा राजवंशीको शव फेला परेको थियो । राजवंशी सन् २०२३ को मे महिनातिर विद्यार्थी भिसामा जापान आएको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अगस्ट १८ राति करिब ११ः३० बजेदेखि अगस्ट १९ बिहान १२ः१५ बजेको बीचमा फुकुओकास्थित उनको घरमा राजवंशीको टाउकोमा भाँडाले प्रहार गरी डोरीले घाँटी थिचिएको र त्यसपछि तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसेर डुबेको आशंका गरिएको छ ।

पक्राउ परेका सञ्जु तामाङ राजवंशीले डेट गरिरहेका व्यक्तिसँग एउटै घरमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जुले राजवंशीमाथि आक्रमण गरी तेस्रो तलाको बाल्कोनीबाट खस्न बाध्य बनाएको आशंका गरिएको छ ।

अगस्ट १९ बिहान करिब ५ः४५ बजे तेन्जिन क्षेत्रको नाका नदीमा एक यात्रुले पानीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उद्धार गरी बाहिर निकालिएपछि राजवंशीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्