
काठमाडौं । सशस्त्र प्रहरीले ठूलो मात्रामा भारत लैजान लागेको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४, इट्टाटारस्थित सीमा इलाकाबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू गाँजा छाडेर फरार भएका थिए ।
गस्ती टोलीले छाडिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।















