
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ । आगामी असोज १६–१९ सम्म तय भएको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पार्टीले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा आयोजना गरिने जानकारी दिए ।
महाधिवेशनको उद्धाटन खुलामञ्चमा हुने भएपनि बन्दसत्र कहाँ गर्ने भन्ने निर्णय हुन बाँकी रहेको उनले बताए । कांग्रेसले मंगलबारमात्रै १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ ।















