Logo
Logo

भोटेकोशी बाढी : १ हजार ३८६ शव फेला, ५१३० जना बेपत्ता


126
Shares

काठमाडौं । भोटेकोशी बाढीले बगाएका १ हजार ३८६ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार बेलुका सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट मृत्यु भएकामध्ये १ हजार ३८६ जनाको शव फेला परेको हो ।

The current image has no alternative text. The file name is: bidur-betrawoti-flood-badhi-bhotekoshi-rasuwa.jpg

फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ । मृतकमध्ये चितवनमा ३६४ जना,नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२,नुवाकोटमा १९९,रसुवामा १८५,गोरखामा ७७,धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। जसमध्ये ५१० जनाको आंशिक मानव अङ्ग मात्र रहेको छ ।

प्राधिकरणका अनुसार ५ हजार १३० जना अझै सम्पर्कविहीन छन् । सम्पर्क विहीन हुने ५८७ विदेशी नागरिक रहेका छन् । उनीहरूको खोजी कार्यमा नेपाली सेना र प्रहरीले जारी राखेको छ । हालसम्म १३ हजार ७२८ को उद्धार गरिएको छ । हालसम्म १४८२ पटक हेलिकोप्टर उडान गरिएको छ ।  शव पहिचानका लागि हालसम्म १२८६ मृतकको र १७७९ जना आफन्तको डिएनए नमुना संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्