Logo
Logo

चिलिमे सुरुङमा १०५ मिटरभन्दा बढी र्‍याट होल खनियो


504
Shares

काठमाडौं । रसुवाको चिलिमे सुरुङमा उद्धारका लागि भइरहेको कामअन्तर्गत १०५ मिटरभन्दा बढी दूरीमा र्‍याट होल खनिएको रास्वपाका सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।

The current image has no alternative text. The file name is: chilime-1.jpg

न्यौपानेका अनुसार सुरुङमा कामका चरण फरक भएकाले प्रगतिको दूरी पनि फरक देखिएको हो । नेपाली सेनाले सुरुङको ‘क्राउन’ भागमा म्यानुअल रूपमा र्‍याट होल खन्ने काम १०५ मिटरभन्दा बढी पूरा गरेको न्यौपानेले जानकारी गराएका हुन् । 

यस्तै, एक्स्काभेटरमार्फत ‘क्राउन’सम्म भरिएको सुरुङमा ८० मिटरभन्दा बढी दूरीमा उत्खनन भएको छ । ह्विल लोडरबाट भने सुरुङको ‘बटम’सम्म लेदो हटाएर ७० मिटरभन्दा बढी भाग सफा गरिएको न्यौपानेले बताएका छन् ।

उनले यी सबै तथ्याङ्क हिजो साँझसम्मको रहेको र काम निरन्तर भइरहेकाले हाल थप प्रगति भइसकेको बताएका छन् ।

सुरुङमा विभिन्न चरण र उपकरणमार्फत उद्धारको काम अघि बढाइएको छ । फरक९फरक विधिबाट भएको प्रगतिलाई एउटै दूरीका रूपमा बुझ्न नहुने सांसद न्यौपानेले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्