Logo
Logo

भोटेकोशी बाढी : १३ सय ९२ जनाको शव फेला


252
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ११ बजेसम्म १३ सय ९२ जनाको शव फेला परेको छ । 

The current image has no alternative text. The file name is: bhotekoshi-badhi-1.jpg

जसमध्ये रसुवामा १८६ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३९२ जनाको शव फेला परेको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८५३ गरी कुल ३ हजार १३९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७८१ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्