Logo
Logo

माइत हिँडेकी महिलालाई खोलाले बगायो, १९ घण्टापछि भेटियो शव


441
Shares

गुल्मी । गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–स्थित इन्द्रेगौंडाकी २९ वर्षीय कल्पना पुनको शव १९ घण्टापछि फेला परेको छ । आइतबार साँझ करिब ५ बजेतिर मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोलाले बगाएपछि पुन सम्पर्कविहीन भएकी थिइन् ।

उनी मुसिकोट नगरपालिका–स्थित घरबाट इस्मा गाउँपालिका–४ हुलमा रहेको माइतीघर जाँदै थिइन् । खोलाले बगाएपछि स्थानीय र प्रहरीले उनको खोजी सुरु गरेका थिए । खोजीका क्रममा आज दिउँसो करिब १२ बजेतिर अमराईको ठुला पहरास्थित निस्ती खोलामा उनको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीम किरण बोगटीका अनुसार स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्