Logo
Logo

राष्ट्रसंघ महासभामा जानुअघि सर्वदलीय बैठक राख्न प्रधानमन्त्रीलाई आङ्देम्बेको सुझाव


126
Shares

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् ।

मंगलवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई एकरुपमा बनाउन र नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलीय बैठक आवश्यक रहेको उनले बताए । तर सर्वदलीय बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको उनको आरोप छ ।

प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रश्तुत गर्नुपर्ने उनको भनाई छ । महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘महासभामा १–२ घण्टा बोल्न पाइने होइन, मुस्किलले ५–६ मिनेट समय पाइन्छ । त्यति समयमा धेरै कुरा भन्न सकिँदैन । तर हामीले भन्नुपर्ने कुरा धेरै छन्, साइड टकहरु पनि केही हुन्छ । त्यसको विषयमा तयारी के हो ? त्यस विषयमा देशैभित्र पनि सर्वदलीय संयन्त्रको बैठक बोलाएर उहाँ आफैंको नेतृत्वमा छलफल र बहस गर्नुपथ्र्यो कि पर्दैनथ्यो ?’

उनले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्