Logo
Logo

१० वर्षपछि गायनमा कम्ब्याक गर्दै सुमी चाम्लिङ


441
Shares

काठमाडौं । गायिका सुमी चाम्लिङ राई करिब १० वर्षपछि गायनमा कम्ब्याक गर्दै छिन् । हाल बेलायतमा बस्दै आएकी सुमीले नेपाली गीत संगीतप्रतिको मोह त्याग्न नसकेको भन्दै आफू गायनमा कम्ब्याक गर्न लागेको बताएकी हुन् ।

The current image has no alternative text. The file name is: sumi-rai.jpg

‘दिक्तेल बजार’जस्ता सुपरहिट नेपाली लोकगीतकी गायिका सुमी हालै काठमाडौंमा सम्पन्न एक अवार्ड कार्यक्रममा सम्मानीत भएपछि यो खुलासा गरेकी हुन् । संयोग पनि कस्तो भने १० वर्षअघि अर्थात् सन् २०१६ मा रिलिज भएको ‘लसमा लस’ बोलको गीतबाट सुमी यो साता अवार्डेड भएकी हुन् । यो सँगै उनले गायनमा कम्ब्याक गर्ने बताएकी हुन् ।  

राजेशपायल राई र सुमीले गाएको ‘दिक्तेल बजार’ बोलको गीत अहिले पनि गाउँघरको मेलापात तथा बनपाखामा मानिसहरुले गुनगुनाउने गर्छन् भने रेडियो र एफएमहरुमा एक समय ब्लकबस्टर बनेको थियो । ‘दिक्तेल बजार’ जस्तै थुप्रै सुपरहिट गीत गाएकी सुमी एक्कासी गीतसङ्गीत क्षेत्रबााट हराइन् । त्यो बेला उनी गीतसंगीतलाई छाडेर किन बेलायत पलायन भइन् भन्ने कथा उनीसँगै छ । 

‘लसमा लस’ गीतबाट सम्मानीत भएपछि सुमीले भनिन्, ‘बेलायतमा रहेर पनि सम्मानी हुँदा मलाई गीतसंगीतमा कम्ब्याक गर्ने हौसला मिलेको छ ।’ उनले एक वर्षभित्र गायनमा कम्ब्याक गर्ने बताइन् । सुमीको ‘लसमा लस’ गीतले ‘ओप्सना फिल्म तथा म्युजिक अवार्ड-२०२६’ मा ‘उत्कृष्ट सदावहार लोकगीत’ विधामा अवार्ड पाएको हो । 

त्यसो त सुमीले नेपाली गीतसङ्गीत क्षेत्रलाई दर्जनौँ लोकप्रिय गीत दिएकी छन् भने थुप्रै अवार्डहरुबाट सम्मानीत भइसकेकी छन् । उनका हरेक गीतहरू दर्शक तथा स्रोतको मन मुटुमा गढेको छ । 

नेपाली गीत संगीतप्रति अथाह लगाव र मोह भएर पनि बाध्यतावस बेलायत हानिएकी सुमी भन्छिन्, ‘मैले गीतसङ्गीत चटक्कै छाडेकी थिएन । समय दिन नभएर मात्र हो । तर, म बेलायतमा भएर पनि मेरो गीत नेपालमा अवार्डेड भयो, त्यसले मलाई फेरि ब्युँझाएको छ ।’ 

गायिका सुमीले नेपाली गीतसङ्गीत क्षेत्रमा समय मात्र खर्चिएकी छैनन्, पैसा पनि उत्तिकै लगानी गरिन् । तर, नेपाली गीतसङ्गीत क्षेत्रमा एक अर्कालाई ‘मुर्गा’ बनाउने प्रवृत्तिले गर्दा उनको लाखौँ रकम बालुवामा पानी हालेझैँ साबित भयो । सुमीका गीतहरू हिट भए, हिट छन् । तर, गीतसङ्गीत क्षेत्रमा विद्यमान ‘सिण्डिकेट’ प्रथाले सुमीजस्ता कलाकारहरु पलायन भएका छन् । यो नेपाली गीतसङ्गीत क्षेत्रका लागि दुःखको कुरा हो । नेपाली गीतसङ्गीत क्षेत्रमा सुमीजस्ता कलाकारको आवश्यकता पनि छ । 

प्रतिक्रिया दिनुहोस्