Logo
Logo

प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता हुने


441
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन असोज ६ गते न्यूयोर्क जाँदैछन् । प्रधानमन्त्री बालेनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा उनको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने तय भएको हो ।

यसैगरी उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागी हुन पर्राष्ट्रमन्त्री शिशिर खनाल भने असोज ४ गते नै न्यूयोर्क प्रस्थान गर्नेछन् । न्यूयोर्कमा रहँदा पर्राष्ट्रमन्त्री खनालले विभिन्न देशका समकक्षी तथा अन्य उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलमा पर्राष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका उच्च अधिकारीहरू सहभागी रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह असोज १० गते काठमाडौँ फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्