Logo
Logo

बागमतीमा नेकपाकी रमा मन्त्री नियुक्त, लिइन् शपथ


378
Shares

काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आलेमगर मन्त्रीमा नियुक्त भएकी छन् ।
नेकपाको मागअनुसार आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेकपाबाट यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भइसकेका छन् ।

एमालेका किरण थापा मगर नेतृत्वको वागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ । आलेमगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको वागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्