Logo
Logo

बङ्गलादेशका क्रिकेटर अकबर अलीले कर्णाली याक्सबाट एनपीएल खेल्ने


126
Shares

काठमाडौं । बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले हिजो सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

२४ वर्षीय अली सन् २०२० मा बङ्गलादेशले पहिलोपटक जितेको आईसीसी १९ वर्षमूनीको विश्वकप विजेता टोलीका कप्तान हुन् ।

दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले हराउदै बङ्गलादेशले उपाधि जित्दा अकबरले अविजित ४३ रन बनाएका थिए । यो खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्