Logo
Logo

शहीदहरूको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौं : प्रधानमन्त्री बालेन


252
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरूको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिबद्धता  जनाएको छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

The current image has no alternative text. The file name is: balen-3.jpg

उनले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने । बताए उनले हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उनको विश्वास छ । जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताए । 

उनले भने, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ । हरेक इमानदार निर्णयबाट हरेक पारदर्शी नियुक्तिबाट नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिबद्ध छौँ । म यो वाचा आज फेरि दोहो¥याउन चाहन्छु । शहीदहरूको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’प्रधानमन्त्री साहले संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिबद्ध रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्