Logo
Logo

दसैँ, तिहार र छठपछि ‘ठुलो विद्रोह’ हुन्छ : वर्षमान पुन


567
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले वर्तमान बालेन शाह नेतृत्वको सरकारलाई स्वेच्छाचारी, निरंकुश र गैर जिम्मेवार बताउँदै जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: barsaman-pun.jpg

नेकपा गण्डकी प्रदेश सम्पर्क समितिको शनिवार राजधानीमा आयोजित कार्यक्रममा पुनले दसैँ, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताएका हुन् । उनले पार्टी पङ्क्तिलाई विद्रोहको व्यवस्थापनका लागि अहिल्यैदेखि तयारी अवस्थामा रहन आग्रह गरे । ‘३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरूले रसुवा बाढीपछि उद्धार९राहतमा असफल भए। किसानलाई मल र जनतालाई ग्यास दिन सकेनन् । महँगी आकाश छुँदा सरकारको उपस्थिति देखिएन,’ पुनले भने ।

राष्ट्रियता र स्वाधीनता कमजोर भएको भन्दै उनले स्वाधीनता बचाउन विद्रोहको समय आएको दाबी गरे । पुनले ३५ वर्षलाई अभिसाप भनेर व्याख्या गर्नेहरूले नै उच्च प्रशासनिक९सैनिक नेतृत्वमा रहेकाहरूलाई राजदूत लगायत जिम्मेवारी दिएको आरोप लगाए । उनले पार्टी पुनर्गठन, वाम एकता, लोकतान्त्रिक सहकार्य र संविधान रक्षाका लागि अन्तर्राष्ट्रिय जनमत निर्माणमा जोड दिए । रास्वपाको ‘थ्री डी’ (युथ डेमोग्राफी, डिजिटल ट्रान्सफर्मेशन, डायसपोरा) रणनीतिलाई जवाफ दिन आफूहरूले युवा सहभागिता ५० प्रतिशत र डायसपोरा एजेन्डा बोक्ने योजना अघि बढाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्