Logo
Logo

मनास्लु आधार शिविरमा ११ युवाहरू ३ दिनदेखि अनशनमा


189
Shares

काठमाडौं । गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा युवाहरू तिन दिनदेखि अनशन बसेका छन् ।

हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ७ का गरी ११ जना युवाहरू आधार शिविरमै अनशन बसेका हुन् ।

आफूहरू ५ हजार ३० मिटर उचाइमा रहेको आधार शिविरमा अनशन बसेको दावा नोर्बु लामाको भनाइ छ ।

आधार शिविरमा केही दिनदेखि हिमपात भइरहेको छ । उनीहरू हिमपातबीच पनि अनशन बसिरहेका छन् । चिसोका कारण उनीहरुको स्वास्थ्यमा समस्या देखा पर्न थालेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाले भने अनशनरत युवाहरूलाई अनशन तोड्न र वार्ताका लागि आह्वान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्