Logo
Logo

देवानगञ्ज घटनाका घाइते युवकको शरीरबाट गोली निकालियो


315
Shares

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादका क्रममा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ ।

मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए । घटना लगतै उनलाई नोबेल मेडिकल कलेज विराटनगर लगिएको थियो । आइतबार बिहान शल्यक्रिया गरेर उनको शरीरबाट गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो । हतियार र गोलीको खोका नभेटिएका कारण प्रहरीले शल्यक्रियापछि मात्रै गोली लागेको हो वा अन्य कुनै हतियार प्रयोग भएको हो भन्ने विषय खुल्ने बताएको थियो । शल्यक्रिया गरी चिकित्सकको टोलीले गोली निकालेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्