Logo
Logo

ऊर्जामन्त्री श्रेष्ठले लिए रास्वपा केन्द्रीय सदस्यको शपथ


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । आइतबार केन्द्रीय सचिवालयको बैठकअघि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट दुई हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए । भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्