Logo
Logo

पद्म नर्सिङ होम स्तरोन्नतिमा ३० लाख घुस आरोप : निवर्तमान मन्त्री र सचिवमाथि छानबिन


441
Shares

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि पद्म नर्सिङ होमलाई ५० बाट १०० बेडमा स्तरोन्नति अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिन अघि बढाएको छ ।

The current image has no alternative text. The file name is: gandaki.jpg

पत्रकार अपिल त्रिपाठीले ‘गण्डकी छड्के’ युट्युब च्यानलमार्फत उक्त प्रकरणमा ३० लाख रुपैयाँ घुस डिल भएको दाबी सार्वजनिक गरेका थिए । पाण्डेले घुस लिएको आरोप अस्वीकार गरेका छन् । सरकारले सचिव बसौलालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाएको छ ।

ख्यमन्त्री कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ, जसलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत भएको छ ।

अनियमितता स्पष्ट नभएसम्म पद्म नर्सिङ होमको स्तरोन्नति अनुमति स्थगित गरिएको छ । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले पनि प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा छुट्टै छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन माग गरेको छ । पाण्डे गत वैशाखमा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए र भदौमा राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्