Logo
Logo

एमाले सचिवालय बैठक जारी 


252
Shares

काठमाडौं । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुरु भएको छ ।  सोमवार बिहानबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक जारी रहेको हो । पार्टीको केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डाहरू तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको हो ।

The current image has no alternative text. The file name is: yamale.jpg

सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विशेषगरी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, सङ्गठन सुदृढीकरण र आगामी दिनमा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा बैठकमा छलफल भइरहेको छ ।

बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तथा अन्य समसामयिक विषयहरूलाई अन्तिम रूप दिने तयारी गरेको छ । केन्द्रीय कमिटीको बैठकलाई थप प्रभावकारी बनाउन सचिवालयले तयार पारेको कार्यसूचीलाई नै आधार मानिने छ ।

प्रतिक्रिया दिनुहोस्