काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । हालसम्म समस्या समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न निवेदन दिएको थियो ।
सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो ।













