Logo
Logo

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालय बैठकबाट पारित


315
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पारित गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पास भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘प्रतिवेदन झावसहित प्रतिवेदन पास भएको छ’, नेता भट्टले भने, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा पर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन ।’

यसअघि निर्वाचन समीक्षाबारे तीन वटा प्रतिवेदन बनेपनि सबैलाई समेटेर एकीकृत प्रतिवेदन बनाइएको बताइएको छ । सचिवालय लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्