काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी भएको छ । केहीबेरअघि त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा आगलागी हुँदा एउटा बस जलेर नष्ट भएको छ ।

आगलागी हुँदा बसका चालक समेत घाइते भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए ।
आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ । उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ । घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।













