Logo
Logo

पार्टीभित्रका केही व्यक्तिले समस्या सिर्जना गरे : ओली


189
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको अवस्थामा पार्टीभित्रै केही व्यक्तिहरूले समस्या सिर्जना गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कसैले पनि प्रयास गर्न नहुने बताए ।

The current image has no alternative text. The file name is: kp-oli-1.jpg

“यतिबेला हामी एकजुट र एकढिक्का भएर प्रतिकूलताको सामना गर्न तथा हामीमाथि भएको फाँसीवादी हमलाको प्रतिकार गर्न अघि बढ्नुपर्थ्यो,” ओलीले भने, “तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू समस्या सिर्जना गर्न उद्धत भए र समस्या खडा गरे ।” पार्टीभित्रको बहस समितिभित्रै छलफल गर्नुपर्ने उनको भनाइ छ । “मिडियामा गएर खुलेआम ‘अध्यक्ष हटाउनुपर्छ’, ‘असान्दर्भिक भयो’ जस्ता कुरा बोल्नेरु तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीमै छलफल गर्नुस् । बाहिर गएर जगहस्याँइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल बढाउने र उनीहरूलाई खुसी बनाउने यस्ता क्रियाकलाप हुन हुँदैन,” उनले स्पष्ट पारे । 

ओलीले अराजकतालाई नियन्त्रण गरी अनुशासित पार्टी बनाउनुपर्नेमा जोड दिए । “यस्तो अराजकता नियन्त्रण गरी पार्टीलाई अनुशासित बनाएर अघि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ,” ओलीले भने । 

प्रतिक्रिया दिनुहोस्