
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले ८८ पृष्ठको लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेको प्रतिवेदन केन्द्रीय सदस्यलाई अध्ययनका लागि दिइएको छ । त्यसपछि केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा राख्नेछन् । अध्यक्ष ओलीको प्रतिवेदन केन्द्रीय सदस्यलाई वितरण गरेसँगै आजको बैठक सकिएको छ । भोलि फेरि केन्द्रीय कमिटीको बैठक बस्ने छ । अध्यक्षको प्रतिवेदनमाथि भोलिदेखि छलफल सुरु हुने बताइएको छ ।













