Logo
Logo

त्रिपुरेश्वर बस आगलागी घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन


252
Shares

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

रानीपोखरीका एआईजी सुशील सिंह राठौरले छानबिन समिति गठन गरिएको र समितिलाई पाँच दिनको समय दिइएको जानकारी दिए । सोमबार दिउँसो करिब साढे १२ बजेको समय राहदानी विभागअगाडी बस स्टपमा रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो ।

आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । उनको कीर्तिपुरस्थित बर्न अस्पतालउपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडिओ सार्वजनिक भएको छ । त्यसपछि चालकले नै बसमा आगो लगाएको प्रहरीको आशंका छ । यद्यपी छानबिनपछि मात्रै यसको निकर्ष्ष निस्कने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्