Logo
Logo

ओलीको नेतृत्वमा एमाले असफल भएको घामझैँ छर्लङ्ग छः राजेन्द्र राई


252
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी असफल भएको दाबी गरेका छन् ।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले एमालेको वर्तमान अवस्था र असफलताका कारणहरू जनताले नै प्रष्ट रूपमा देखिरहेको बताएका हुन् । सांसद राईकाअनुसार पार्टीको आन्तरिक समीक्षा प्रतिवेदनले एमालेको हारका कारण र जिम्मेवार पक्षहरूलाई उजागर गरिसकेको छ ।

ओलीको नेतृत्वमा पार्टी असफल भएको हो वा होइन भन्ने प्रश्नमा राईले कुनै थप टिप्पणी गर्न आवश्यक नरहेको उल्लेख गर्दै ‘घामझैँ छर्लङ्ग’ रहेको बताए ।

उनले भने, ‘फागुन २१ गतेको निर्वाचनमा जनताले हामीलाई सानो आकारमा खुम्च्याएका छन् । यसको कारण खोज्न वडा तहसम्म छलफल गरेर कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ । सो प्रतिवेदन अब केन्द्रिय कमिटीमा प्रश्तुत हुनेछ । सफल र असफल भएको कुरा त घामझैँ छर्लङ्ग छ, यसमा मैले बोलिरहनु पर्दैन, जनताले देखिरहेका छन् ।’

यसैगरी, राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रकरणमा टिप्पणी गर्दै सांसद राईले लोकतन्त्रमा नागरिकले आफ्ना कुरा लेख्न र बोल्न पाउनुपर्ने भन्दै सरकारले गरेको गिरफ्तारीको विरोध गरे । सरकारको यस्तो कदमलाई उजले ज्यादतीको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्