Logo
Logo

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता


315
Shares

काठमाडौं । अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: nepal-bhutan.jpg

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको क्रममा तोग्बेसँग पराष्ट्रमन्त्री खनालको साइडलाइन भेटवार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरे ।
साथै नेपाली जनताको दुःखमा भुटानको साथ रहेको बताए । उनले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टे हुने आशा समेत व्यक्त गरे ।

बाढीलगत्तै प्रदान गरिएको उदार सहयोगका लागि परराष्ट्रमन्त्री खनालले भुटान सरकारप्रति आभार व्यक्त गरेका थिए । परराष्ट्रमन्त्री खनालले भुटानको सहयोगका लागि नेपाल सरकार र जनताले उच्च कदर गरेको स्मरण समेत गराए ।

साथै, व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तारलगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्