Logo
Logo

नेकपा केन्द्रीय संयोजन समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ । बैठक मङ्गलवार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । 

The current image has no alternative text. The file name is: prachanda.jpg

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ । बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ ।

बैठकमा बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्याङ्कन र पार्टीको भूमिको समीक्षा हुनेछ । यसबाहेक आन्तरिक सङ्गठनात्मक सवाल, पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने ज्वालाले जानकारी  दिए । 

प्रतिक्रिया दिनुहोस्