Logo
Logo

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रेन्जेलबीच भेटवार्ता


378
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रेन्जेलसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा भएको भेटमा नेपाल-पोर्चुगल सम्बन्धबारे छलफल भएको हो ।

The current image has no alternative text. The file name is: shisir-khanal.jpg

भेटमा नेपाल र पोर्चुगलबीच बढ्दै गएको मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धप्रति दुवै पक्षले खुसी व्यक्त गरेका छन् । साथै आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्