काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेती प्रादेशिक अस्पतालको डायलासिस युिनटलाई रिभर्स ओस्मोसिस प्रणाली सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायत्विअन्तर्गत धनगढीस्थित सेती अस्पताललाई उक्त प्रणाली उपलब्ध गराएको हो ।

यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मिर्गाैला रोगी बिरामीलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब दुई सय ४२ जना नियमित बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।
अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो । सोहीअनुसार डायलासिस युनिटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई प्राथमिकता दिई सहयोग गरिएको बैंकले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले अस्पताललाई डायलासिस एकाइका लागि आरओ प्रणाली हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीको सेवामा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको बताए । यस्तो सहयोगले विशेषगरी न्यून आय र विपन्न समुदायका मिर्गौला रोगीलाई प्रत्यक्ष लाभ पु¥याउने बताए ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
हालसालै बैंकले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लाटफर्म सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले ६१ जिल्लामा दुई सय शाखा, एक सय ६७ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।














