Logo
Logo

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो


189
Shares

बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ । गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो ।

The current image has no alternative text. The file name is: butwal.jpg

बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्‍याएको छ । बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । स्थानीय प्रशासनले यस अघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्