Logo
Logo

प्रतिनिधिसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक सर्वसम्मत पारित


0
Shares

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी मन्त्री पुनले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेशस्तरमा विस्तार गर्न विधेयक ल्याउन विधेयक ल्याउनुपरेको बताएका थिए । उनले प्रत्येक प्रदेशमा सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्नका लागि सरकारले योजना ल्याउने पनि बताएका थिए ।

विधेयकमा तथ्यांक अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उनले जानकारी दिए । मन्त्री पुनले विधेयकमा सांसदहरूले यसअघि शब्द–शब्द केलाएर छलफल गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्