Logo
Logo

आजका मुख्य खबरः बालेनको भारत भ्रमणदेखि सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जालको खोजीसम्म (भिडियो)


0
Shares

काठमाडौं । आज दिनभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिदेखि अर्थतन्त्र, समाज र खेलकुदसम्मका विभिन्न घटनाक्रम चर्चामा रहे । प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । उनको भ्रमणमा व्यापार, ऊर्जा, लगानी र पूर्वाधार विकासका विषयले प्राथमिकता पाएका छन् । यता, भ्रमणको तयारी र सुरक्षा प्रोटोकललाई लिएर सरकारको आलोचना पनि भइरहेको छ । आज दिनभरका मुख्य–मुख्य खबर अब क्रमशः प्रस्तुत गर्दैछौँ ।

१, दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत ।

२, प्रधानमन्त्री बालेनले भेटे भारतीय विदेशमन्त्री एस जयशंकर, उच्चस्तरीय भेटवार्ता भने भोलि सोमबार मात्रै हुने ।

३, सोमबार प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीबीच वान टू वान वार्ता हुने, व्यापार, ऊर्जा, लगानी र पूर्वाधार विकासबारे छलफल हुने । 

४, प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल–भारत ऊर्जा सहकार्य विस्तारमा जोड हुने, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी । 

५, प्रधानमन्त्री बालेनले भारत जानुअघि राजनीतिक दलसँग परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि, लोकतान्त्रिक परम्परा सरकारले तोडेको आरोप ।

६,  प्रधानमन्त्री बालेनको बिदाइमा सुरक्षा प्रोटोकल मिचियो, र्‍याम्प ज्याकेट नलगाई संवेदनशील क्षेत्र पुगेको भन्दै गृहमन्त्री सुदन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र जगदीश खरेलको पनि चौतर्फी आलोचना ।

७, भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनलाई रास्वपाको शुभकामना, भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास ।

८, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहको अनुपस्थितिमा कार्यभार सम्हाल्ने ।

९, मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ, ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ।

१०, बालेनको भारत भ्रमणमा हवाई रुटको विषय पनि प्राथमिकतामा, थप हवाई मार्गबारे सहमति जुट्न बाँकी ।

११, काठमाडौंमा साढे २१ किलो सुन बरामद प्रकरणमा संगठित अपराधको अनुसन्धान अघि बढ्यो, तस्करीको अन्तर्राष्ट्रिय सञ्जालबारे खोजी जारी ।

१२, मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार, बालबालिकाको संरक्षणबारे उठ्यो प्रश्न ।

१३, जाडो बढेसँगै सगरमाथा क्षेत्रबाट पर्यटक फर्किने क्रम तीव्र, चिसोका कारण भ्रमण छोटाउँदै पर्यटक ।

१४, पहिलो पटक बन्यो झोलुङ्गे पुलको छुट्टै नीति, स्थानीय तहमा ‘पुल हेरालु’ अनिवार्य राख्नुपर्ने ।

१५, विदेशीको दबाबमा परेर राजनीतिक दलहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको राजेन्द्र लिङ्देनको आरोप, हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सडक र सदनबाटै दबाब दिन आह्वान । 

१६, भोटेकोशी बाढीमा बेपत्ता १ हजार १९८ नेपाली र ४५२ विदेशीको विवरण सार्वजनिक, बेपत्ताको दाबी पेस गर्न दोस्रोपटक ७ दिने सूचना जारी ।  

१७, कोरला नाकाबाट विद्युतीय सवारी आयातमा उछाल, चालु आर्थिक वर्षको चार महिनामै भित्रिए ७ हजार गाडी ।

१८, दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, मंसिर १६ गते औपचारिक उद्घाटन, मुख्य खेलहरु भने ८ गतेदेखि नै सुरु हुने ।   

१९, एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित ।

२०. र, इरान युद्धका लागि थप ३५० अर्ब डलर बजेट माग्ने डोनाल्ड ट्रम्पको प्रस्तावले अमेरिकी संसद्मा मतभेद चुलियो, सरकारी कामकाज ठप्प हुने खतरा ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000