Logo
Logo

संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस


441
Shares

काठमाडौं । सरकारले शुक्रबार रातिदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गते राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको जानकारी दिएकी छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको हो ।

चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । त्यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भएका छन् । यस बिचमा धेरै विधेयक संसद्मा पेस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्