काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)ले पक्राउ गरेको छ । खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेकाे खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले बताए । सो प्रकरणमा प्रहरीले यसअघि ४ जनालाई पक्राउ गरेको थियो।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए । केयर गिभरको रोजगारीका लागी इजरायलमा पटाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।













