Logo
Logo

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित चार राजदूतको सुनुवाइ हुँदै


189
Shares

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बिहान ९:१५ बजेदेखि सुरु हुने बैठकमा प्रस्तावित राजदूतहरू उपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्ने र प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यसूची रहेको छ ।

The current image has no alternative text. The file name is: sunuwie.jpg

समितिका अनुसार आज गणतन्त्र भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित डा.निश्‍चल नाथ पाण्डे, काठमाडौँ, जनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित कल्याण राज शर्मा, काठमाडौँ, संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित चिरन जङ्ग थापा, ललितपुर, संयुक्त अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित गौरव शमशेर ज.ब.रा., काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्