Logo
Logo

सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, कमिसनको खेल भएको आरोप


378
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा सत्तारुढ दलभित्र देखिएको छ । 

The current image has no alternative text. The file name is: bugget.jpg

हिजो आइतबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो तर, सत्तारुढ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढेपछि मङ्गलवारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेश सभा सचिवालयले मङ्गलवार बिहान ९ बजे बस्नेगरि बैठक बोलाइएको छ । विचौलियामार्फत कमिशनको खेलमा बजेट ल्याइएको आरोप सत्तारुढ दलकै सांसदहरूको रहेको छ । 

एमाले र नेकपाका सांसदले नै बजेट पारित गर्न नसघाउने चेतावनी दिएपछि समस्या देखिएको हो । बजेटमा मुख्यमन्त्री खगराज भट्ट, अर्थमन्त्री चक्रबहादुर मल्ल र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप उनीहरूको रहेको छ । विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफल गर्न भएका छन् । 

प्रतिक्रिया दिनुहोस्