Logo
Logo

प्रहरीले चामल जफत गरेपछि कृष्णनगरमा व्यापारीद्वारा आत्मदाहको प्रयास


630
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनका क्रममा एक व्यवसायीले आफूमाथि अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले पिकअप भ्यानमा लगिँदै गरेको चामलको आवश्यक कागजात नभएको भन्दै नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालय बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन्।

शरीरभरि मट्टितेल छर्केर आगो लगाउनै लाग्दा प्रहरीले तत्काल उद्धार गरेको थियो। उद्धारपछि बेहोस भएका अग्रहरीलाई उपचारका लागि तौलिहवा अस्पताल हुँदै रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज लगिएको छ।

आफूले ल्याएको ६० बोरा चामलको वैध बिलबिजक हुँदाहुँदै प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको दाबी अग्रहरीको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीले चेकजाँचका क्रममा व्यवसायीले आवेशमा आई मट्टितेल छर्केर आत्मदाहको प्रयास गरे पनि प्रहरी र स्थानीयको सक्रियतामा जोगाएर अस्पताल पठाइएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्