Logo
Logo

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ शनिवार


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम शनिवार हुने भएको छ । कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण कार्यक्रम शनिवार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने जनाइएको छ ।

The current image has no alternative text. The file name is: gagan-thapa-3.jpg

महाधिवेशनको मतगणना सकिए लगत्तै पार्टीले थापाको शपथ ग्रहणको समय निर्धारण गरेको हो । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने दसैँ  पछिमात्र गर्ने तयारी कांग्रेसको छ। 

प्रतिक्रिया दिनुहोस्