Logo
Logo

दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए


315
Shares

काठमाडौं । दशैँ मनाउन काठमाडौं उपत्यकाबाट अहिलेसम्म झन्डै पाँच लाख यात्रु बाहिरिएका छन् । घटस्थापनादेखि हिजो शनिवार असोज ३१ गतेसम्म सार्वजनिक गाडीमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रु बाहिरिएका हुन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम चलिरहेको छ ।

हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रुको सङ्ख्या घटेको छ । गोङ्गबुमा रहेको नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ ।

दशैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् ।

दशैँ मनाउन यस वर्ष झन्डै १० लाख यात्रु बाहिरिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्