काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ को आयात तथा बिक्रीरवितरणमा तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।

बिस्कुटमा मानिसले खान नमिल्ने गाईवस्तुको दानामा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि विभागले सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले हिजो जारी गरेको सूचनाका आधारमा यो निर्णय गरेको विभागले जनाएको छ ।
















