Logo
Logo

टाइगर श्रफमाथि आक्रमण गर्ने तीन अभियुक्त पक्राउ, नेपाल भाग्ने तयारीमा थिए


315
Shares

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि आक्रमण गरेको आरोपमा तीन जनालाई पक्राउ  गरिएको छ । उनीहरूलाई भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: tiger-shroff.jpg

कोटा प्रहरी अधीक्षक (एसपी) तेजस्विनी गौतमले बीबीसी हिन्दीलाई फोनमार्फत अभियुक्तहरू पक्राउ परेको पुष्टि गरेकी छन् ।एसपी गौतमका अनुसार सोमबार बिहान करिब साढे ११ बजे कोटा सिटी प्रहरीले रेलवे स्टेसनबाट तीनै अभियुक्तलाई पक्राउ गरेको हो ।

उनले बीबीसीसँग भनिन्, ‘तीनै जना यहाँबाट दिल्ली र त्यसपछि नेपाल भाग्ने तयारीमा थिए । हामी उनीहरूसँग सोधपुछ गरिरहेका छौँ ।’

प्रहरीले हालसम्म पक्राउ परेका अभियुक्तहरूबाट हतियार बरामद गर्न सकेको छैन । आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार गरेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्