Logo
Logo

एम्बुलेन्सबाटै गाँजा तस्करी, पाँच क्विन्टल बरामद, चालक भागे


0
Shares

सुनसरी । दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ।

The current image has no alternative text. The file name is: Ambulance.gif

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच तथा खानतलासी गर्दा एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भइरहेको छ भने एम्बुलेन्स छाडेर भागेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्