Logo
Logo

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ


126
Shares

दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डि निवासी २५ वर्षीय  अनुभव अग्रवाल छन् ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका-८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्