काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि टिप्पणी गर्दै त्यसलाई राष्ट्र घातको संज्ञा दिएका छन् । बास्कोटाले प्रधानमन्त्री शाहले ग्रेटर नेपालको नक्सा टाँग्ने गरेको उल्लेख गर्दै सीमा विवादको विषयमा कुरा उठ्ने आशा व्यक्त गरे ।
‘अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने ?’ उनले प्रश्न गर्दै भने, ‘मनरो डक्ट्रिन अर्थ मन्त्रीको भनाइले त्यो राष्ट्र घात हुन्छ । धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन् । र, आस छ । नयाँ जोगीले साह्रै खरानी उडायो ।’















