Logo
Logo

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, धान नकाट्न सुझाव


504
Shares

काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ ।

भारतस्थित बङ्गालको खाडीमा विकसित हुन लागेको मौसमी प्रणाली थप सक्रिय हुँदै भारतको ओडिसा र बिहार हुँदै नेपालतर्फ प्रवेश गर्न सक्ने देखिएकाले लुम्बिनीदेखि पूर्वका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान मौसमविद्ले गरेका छन् ।

उक्त प्रणालीका कारण पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना छ । सम्भावित वर्षाले धान काट्ने तयारीमा रहेका किसानको काम प्रभावित हुन सक्ने देखिएको छ । बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएका किसानले मौसमको अवस्थालाई ध्यान दिनुपर्ने मौसमविद् डा. धर्मराज उप्रेतीले बताए ।

त्यस्तै, उनले दसैँपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई पनि शुक्रबार र शनिबारको यात्राअघि मौसमको अवस्था बुझ्न सुझाव दिएका छन् । सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूले समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्