Logo
Logo

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो : स्वास्थ्यमन्त्री मेहता


0
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् । 

The current image has no alternative text. The file name is: nisha-maheta.jpg

धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै उनले ट्रमा सेन्टर निर्माणको लागी टेन्डर प्रक्रिया पूरा भइसकेको बताएकी हुन् । उनले स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पुरा गरेर पूर्वाधार विकास मन्त्रालयमा फाईल पुगिसकेको जानकारी दिइन् । उनले ट्रमा सेन्टर निर्माणको शिलान्यास छिट्टै गर्ने पनि बताइन् । सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने तथा उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो ।

उनले भनिनन्, ‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट साइन भएर अगाडि पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहुवर्षीय भइसकेको छ, त्यही भएर यो कम्प्लिसनतिर जाँदै छ । एक्ज्याक्ट शिलान्यासको डेट त भन्न गाह्रो हुन्छ । तर हुन्छ, चाँडै नै हुन्छ । यहीँ बन्छ ।’

मन्त्री मेहताले आइतवार धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्नुभएको हो । ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गा प्राप्ति समेत भइसकेको छ । यहाँका स्थानियले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अगाडी बढाउन माग गर्दै आएका छन्  । 

प्रतिक्रिया दिनुहोस्