Logo
Logo

एनपीएल पुरस्कार- विजेताले डेढ करोड पाउने, अन्यले कति पाउँछन् ?


315
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताहरूका लागि पुरस्कार राशि घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरेर क्यानले विजेतादेखि तेस्रो स्थानसम्मका टोलीले पाउने रकमको टुंगो लगाएको हो ।

कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार उपाधि विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछ । र चौथो स्थान हािसल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्