काठमाडौं । वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।

अहिले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत, राष्ट्र बैङ्कसहित अधिकांश सरकारी वेबसाइटहरू खुल्न थालेका हुन् ।
साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । सोही अनुसार नेपालका सरकारी वेबसाइटहरू पनि खुलेका थिएनन् ।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र परीक्षण सम्पन्न भएपछि एक हजार भन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनस् सामान्य रूपमा सञ्चालनमा आएका हुन् ।















